Breaking

सिंहदरबारमा प्रचण्ड, ओली र रविबीच छलफल


काठमाडौँ— सत्तापक्ष दलका तीन शीर्ष नेताबीच छलफल भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु, एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबीच छलफल भएको हो।

भोलिको संसद वैठक र संसदीय छानबिन समितिबारे तीन नेताबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डसँग आज बिहान सभामुख देवराज घिमिरेले पनि छलफल गरेका थिए।

घिमिरेले संसदको अवरोध हटाउने विषयमा सत्ता पक्ष दलहरू चाँडै निष्कर्षमा पुग्नेगरी छलफल अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।

प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्नेगरी बोलाइएको छ।

कांग्रेसले संसदीय छानबिन समिति नबने भोलिको बैठकमा पनि अवरोध गर्ने रणनीति बनाएको छ।