Breaking

बिहीबार गृहमन्त्री प्रतिनिधि सभाको रोष्ट्रममा जाने सम्भावित कार्यसूची


काठमाडौँ – बिहीबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभाको रोष्ट्रममा पुग्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधि सभाको पाक्षिक क्यालेन्डर अनुसार कार्यसूची तय भएको खण्डमा जेठ ३ गते, बिहीबार ‘राजनीतिक दल सम्बन्धी ९दोस्रो संशोधन० विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कार्यसूचीमा तय भएर पनि विगतमा दुई पटकसम्म स्थगित भएको थियो ।

२ चैत २०८० मा प्रतिनिधि सभामा यो विधेयक गृहमन्त्रीले पेस गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख प्रवेश गर्नेबित्तिकै कांग्रेसका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।