Breaking

दिल्लीले लखनऊलाई हराउँदा राजस्थान प्ले अफमा


काठमाडौँ – अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको अर्धशतकमा दिल्लीले इन्डियन प्रिमियर लिगको आफ्नो अन्तिम लिग चरणको खेलमा लखनऊ सुपर जायन्ट्सलाई १९ रनले हराएको छ।

दिल्लीका लागि उसका लागि पोरेलले ५८ र स्टब्सले ५७ रन बनाए। दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो।

जवाफमा लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । यो नतिजाले राजस्थान रोयल्स भने प्ले–अफ पुग्ने दोस्रो टिम बनेको छ।

राजस्थानको १६ अ्रंक छ र उसले अझै २ खेल खेल्न बाँकी रहेको छ। यस्तै चेन्नई सुपरकिङ्सको १४ अंक रहेको छ भने उसले एक खेल खेल्न बाँकी छ। यसैगरी सनराइजर्स हैदरबादको समान १४ अंक हुँदा उसले २ खेल खेल्न बाँकी छ। लखनऊको १२ अंक छ र उसको एक खेल बाँकी छ। कलकता नाइट राइडर्स भने १८ अकका साथ यस अघि नै प्ले अफमा पुगिसकेको छ।