Breaking

प्रचण्डलाई कांग्रेसको धम्की, रवि बोक्दा भ्रातृ संगठन सडकमा, नयाँ समीकरण बन्न छैन सजिलो


काठमाडौँ – जनताको समस्या उठाउनेनाममाप्रमुखप्रतिपक्षी नेपालीकांग्रेस सत्ता गठबन्धन फुटाउने दाउमा छ । यहीबुझेका कारण एमाले जुनसुकै हालतमासहकारीबारे छानविन गर्न संसदीय छानविन समितिनबनाउने बाटोमा छ । जहाँप्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाई नै पनि यो समीकरण छोड्न त्यति सहजनहुँदाकांग्रेसले देखेको सपनाकाचुनौती के के हुन् त ?

वर्तमान सत्ता गठबन्धनको प्रमुख एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सत्ताबाट हटाउन सके गठबन्धन फुटाउन सकिने भन्दै यो प्रयासमाअहिले कांग्रेस लागि परेको छ । एकातर्फ जनताका मुद्दा उठाएजस्तो पनिहुने अर्कातर्फ उपप्रधानतथा गृहमन्त्रीरवि लामिछाने नै पछि हटे सत्ता धर्मराउने छ । अर्कातर्फ एमाले फकाउननसकेको कांग्रेसलाई कम्युनिस्ट एकभएमात्रै पनि रसातलमापुगिने थाहा छ । जसको संकेत इलाम २ कै उपनिर्वाचनमा देखिँदाआफैँले बनाएका कारण यो समीकरण बचाउनुपर्ने दवाबमाएमाले छ । फलतः रविमाथि प्रसस्त प्रमाणहरु भएपनि सत्ता ढल्ने डरकै कारण एमाले अध्यक्ष केपीशर्मा ओली रविलाई बोकिरहेका छन् ।

यही समीकरण बलियो बनाउनउसले चाहेकै मन्त्रालयदिनेदेखिउपनिर्वाचनमामित्रवतप्रतिस्पर्धा सहने काम गरेकाओलीढाल बनेर उत्रिएका छन् । समीकरणकै भविष्यकालागिजसपा फुटाउने तथानागरिक उन्मुक्तिमाभिडन्त गराउने उनले कांग्रेसले दिएको समीकरणको अफर नै स्वीकारेका थिएनन् । त्यस्तै यो गठबन्धन कसैगरी टिकाउने विश्वास दिलाएर प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाई घेराबन्दी गर्ने आशामा रहेका उनीयसैले रवि सकिने आशामासमेत छन् । त्यस्तै प्रचण्डलाई नै सबै कार्यकालप्रधानमन्त्रीहुनदिनेमात्रै नभएर प्लानबीपनिबाँकीछ भन्दै माओवादीधम्काउनसमेत एमाले नेताहरुले भ्याइरहेका छन् । माधवकुमार नेपालको खटपटी र प्रचण्डको लचकताले शंशकितउनीहरु प्रचण्डलाई नयाँ समीकरणनिर्माणको बहाना नै नदिने रणनीतिमै देखिन्छन् ।

यता,कांग्रेस भने रविमाथि छानविन भएकम्तिमा गठबन्धन फुट्ने आशामाछ ।जसले तरल रहेको वर्तमान राजनीतिकअवस्था ठोस बन्ने सपना देखेको उसले त्यसपछि मात्रै वैकल्पिक समीकरण निर्माणको आधार तय हुने निष्कर्ष निकालेको छ । बरु त्यसकालागिप्रचण्डलाई नै पनिबोक्न सकिने संकेत गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले कम्तिमा कम्युनिस्टहरुमा दरार ल्याउनुपर्ने बुझिसकेका छन् ।

यहीरस्साकस्सीमा भड्किएका उपेन्द्र यादव,माधव नेपाल र बदलिदो परिस्थितिआफ्ना लागिअनुकूलहुँदै गएको उनको बुझाई हुनसक्छ । तर गठबन्धन फुट्न भने त्यति सहज छैन । एक त प्रचण्ड नै बोक्नकांग्रेसलाई नैतिकताको प्रश्न रहँदाओलीवा प्रचण्डलाई नै समीकरण परिवर्तन गरे अस्थिरताको ट्यागको डर छ । त्यस्तै छताछुल्ल प्रमाणका कारण आफ्नै नेताले साथदिने अवस्था नरहँदा छानविन समिति नै बने पनि रास्वपाले सत्ता छाड्ने सम्भावनाकम छ ।

हुन त प्रचण्ड कसै गरी सत्तामा बस्ने रणनीतिमा छन् । यहीगन्जागोलमै पनिउनले विगतमाकांग्रेसले दिने भनेकोकार्यकालको समय कटाउने छन् । त्यसपछिको निरन्तरताकालागिनयाँ रणनीति बुनिरहेका प्रचण्डत्यसको ग्यारेन्टीकांग्रेसलेपो गर्छ कि भन्ने आशामासमेत छन् । जुनआशाकेहीदिन अघिसम्म माधव नेपालप्रधानमन्त्रीहुने चर्चाले कमजोर बनाउँदाअहिले त्यो अवस्थासमेत छैन । यही कारण सत्ता धर्मराएप्रचण्डले नै कांग्रेसतिर हामफाल्ने सम्भावनालाई भने नकार्न सकिँदैन । प्रतिकूलअवस्थाकाबीचपनि रविमार्फत घेराबन्दीगरिरहेको कांग्रेसले पनिचाहेको यहीहो ।