Breaking

टर्की पठाउने प्रलोभनमा ४ करोड भन्दा बढी ठगी गर्ने गिरोह सार्वजनिक


काठमाडौं । नेपाल प्रहरीले वैदेशिक रोजगारीमा टर्की पठाउने भनि ४ करोड रुपैयाँ भन्दा बढी ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सोमबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ठगी गर्नेहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो । टर्कीको युएन मिसन कार्यालयमा वर्क पर्मिटमा कामदार पठाउने र त्यहाँ पुगेपछि आकर्षक तलव हुने प्रलोभन देखाइ १२४ जनाबाट ४ करोड ३४ लाख उठाइ फरार रहेका विनोद श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले श्रेष्ठलाई काठमाडौं ७ चाबहिलबाट पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए ।

त्यस्तै अमेरिका र क्यानडा लैजाने भनि मानव तस्करी गरी ठगि गर्ने मुख्य गिरोहका थप तीन जनालाई पक्राउ गरी सार्वजनिक गरिएको प्रमुख भट्टराईले बताए । उनीहरुले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगाण्डा लगेर राहदानी तथा डल खोसी ९ महिनासम्म अलपत्र पारी राखेको बताउनु भयो ।

त्यस्तै प्रहरीले विभिन्न अनलाइन बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्नै एक जना व्यक्तिलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । ढुंगानाले विभिन्न माध्यमबाट २ अर्ब १ करोड बढीको कारोबार गरेको खुलेको बताए ।