नेकपा एमाले र माओवादी केन्द्रले मधेस प्रदेश सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका छन् ।
जसपा नेपालमा आएको विभाजनपछि सो पार्टीलाई सत्ताबाट हटाउने रणनीतिअनुसार एमाले र माओवादीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएका हुन् ।
दुवै पार्टीले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको जानकारी प्रदेश प्रमुखलाई गराएका हुन् । एमालेबाट राजीनामा दिनेहरूमा सरोज कुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोद कुमार जयसवाल, केशव राय र शारदा थापा रहेका छन् ।
यस्तै माओवादीबाट मन्त्री बनेका भरत साह र युवराज भट्टराईले पनि राजीनामा दिएका हुन् ।मधेस प्रदेश सरकारको सत्तारुढ दल माओवादी र एमाले संयुक्तरुपमा समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।
प्रतिक्रिया