Breaking

मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी


नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिएको छ । दुई मन्त्रीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएसँगै माआवादी सरकारबाट बाहिरिएको हो ।

उद्योग, बाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई र वन तथा वातावरणमन्त्री भरत प्रसाद साहले आज मुख्यमन्त्री यादवसामू राजीनामा बुझाएका हुन् ।

आईतबार नेकपा एमालेका मन्त्री पनि राजीनामा दिने तयारीमा छन् ।