Breaking

रविको अड्डीले आफ्नै हड्डी गल्दै, पाईलैपिच्छे ठगीको प्रमाण, आफ्नै प्रहरी भारी, ओली–प्रचण्ड रमिते (भिडियोसहित)


काठमाडौँ— कुनै समयका रवि लामिछानेका व्यवासायिक पार्टनर जीवी राई सहकारीका नाममा हजारौलाई विचल्ली बनाएर फरार छन् । जहाँ रविकै नाम समेत मुछिदा कांग्रेस यसलाई एजेण्डा बनाउँदै छ भने सहकारी पिडित पनि केहि हुन्छ कि भन्ने आशामा छन् । तर न त जिवी पक्राउ गर्ने न त छानविन समिति बन्न दिने दुबैमा रवि अड्को थाप्दै छन भने कांग्रेस महामन्त्री गगन थापामाथि त व्यक्तिगत रुपमै उत्रिएका छन् । जसले मुख्य विषय नै डिरेल हुने खतरा बढेको छ ।

सहकारीको छानविनका लागि संसदीय छानविन समिति बनाउनुपर्ने माग राख्दै आएको कांग्रेसलाई पेल्ने रवैया सभामुखले देखाएपछि महामन्त्री गगन थापा कड्किए । गल्ती नभए किन डराएको भन्दै प्रश्न गरेका उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारी संयन्त्रको दूरुप्रयोग गरेको आरोप लगाए । अर्थात एउटा सांसद र कांग्रेस महामन्त्रीका रुपमा उनीले अर्को सांसद तथा गृहमन्त्री रविलामिछानेमाथि प्रश्न उठाए ।

तर संसदमा वोल्न नपाएका रवि संसदभवनबाट बाहिरिदै गर्दा गगनमाथि व्यक्तिगत ईगो मै उत्रिए । कांग्रेसले मागेको छानविन समिति भन्दा आफूलाई अपराधी करार गरको रिसमा उनी देखिए । अनि विषयलाई नै डिरेल गरेर भन्न भ्याए – प्रमाणित भएन भने गगनले राजनीतिमा बाट सन्यास लिने हो ?

तर विषय न कसैको राजिनमाको हो न कोहि दोषी भईसकेको हो । विषय त सहकारी काण्डबारे छानविन हुन पर्यो,त्यसमा प्रमाणहरुले रविको नाम देखाएको त्यसको सत्यतत्थ्य के हो पत्ता लगाउनुपर्यो भन्ने हो । निर्दोष देखिए रविलाई कसैले केहि गर्न सक्ने छैनन् भने दोष देखिए उनले सन्यास नै नदिए पनि रसातलमा पुग्ने छन् । तर छानविन बनाउन किन उनी चाहदैनन् ? त्यसकोप्रष्ट जवाफ उनले दिन सकेका छैनन् । यदि समिति कै कारण उनले राजिनामा दिनुपर्ने अवस्था आए के रास्वपामा अर्को विकल्प छैन यो प्रश्नको समेत उत्तर उनले दिएका छैनन् । जसले उनको गृहमन्त्रीमै भएको लोभको कारण समेत शंका उत्पन्न हुदाँ उनकै कारण सरकार ढल्ने र अस्थिरताको खतरा भए समर्थन फिर्ता नलिई छानविनलाई सघाउन सक्ने विकल्प किन उनले देख्दैनन् यो पनि रोचक छ । जुन प्रश्नहरुले वहसको विषय के हो भन्ने प्रष्ट हुदाँ उनी अरुलाई चुनौती दिने र पत्रकारिता सिकाउनमै व्यस्त छन् ।

यता काग्रेसले त सरकारले छानविन समिति नबनाउने र संसदको अवरोध हटाउन प्रयास पनि नगर्ने निष्कर्ष सहित संसदको अवरोध कायम राख्ने निर्णय गरिसकेको छ । सत्ता नै ढाल्ने उसको उदेश्य भएपनि सहकारीमा संलग्न भएको आक्षेप लागेकामाथि छानविन हुनुपर्ने माग अनुचित छैन । त्यस्तै त्यो समिति समेत रास्वपा र सत्तारुढ अन्य दलकै सांसद समेत सदस्य रहने छन् । तर समिति बनाउन दिन नहुने भन्दै एमालेले सोडा हाल्दा यसले आमनेसामने रवि र गगन बनेका छन् । रवि किन एमालेले वोक्दै छ,कसरी संसदमा वोल्न दिनेमा कांग्रेस लचक भएपनि सभामुख त्यसलाई गलत प्रयोग गर्दैछन् ? त्यसले कसरी आफ्नो वोल्ने पालो मिचिएको छ त्यसको जवाफ खोजिरहेका छैनन् । जसले रवि नै घाटामा पर्दा, संसदीय विधि र मान्यता प्रतिको उनको कमजोर ज्ञान तथा दलहरुको दाउपेचको अनविज्ञतामा गगन त खेल्ने नै भए ।

अहिले देखिने पात्र रवि गगन भएपनि भिडन्त ओली देउवाको हो । त्यस रवि नै सबैभन्दा घाटामा रहँदा सहकारी पिडितहरुका लागि उनीहरुको भिडन्तमै चासो छैन । कसरी यो मुद्धा सम्बोधन हुन्छ ? कसरी रवि समेत त्यसका लागि समेत तयार हुन्छन उनीरुको चासो रहँदा यीनीहरुको झगडाले मुख्य एजेण्डा नै डिरेल हुने खतरा छन् । जुन रविको चहाना हुँदा त्यसबारेको कांग्रेसको सचेतताले यो भिडन्त अझै बढ्ने पक्का छ ।