Breaking

रविलाई गगनको जवाफ : संसदीय समितिमा आउनुस्, सबै चुनौती स्वीकार छ


काठमाडौँ— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी अनियमिततामा गृहमन्त्रीको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समिति बनाए जुनसुकै चुनौती स्वीकार गर्ने बताएका छन् ।

समिति गठनको माग गर्दै कांग्रेसले आज दुई पटक बसेको संसद बैठक अवरुद्ध गरेको थियो ।

बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका लामिछानेले आफूले ऋण लिएको प्रमाणित गर्न कांग्रेस महामन्त्री थापालाई चुनौती दिएका थिए । आफूले ऋण लिएको प्रमाणित गरे राजनीति छाड्ने र प्रमाणित नभए राजनीति छाड्न तयार हो भनेर थापालाई प्रश्न गरको थिए ।

कांग्रेस महामन्त्री थापाले पनि सबै चुनौती स्वीकार गर्न तयार रहेको बताएका छन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले भने, ‘संसदीय समितिबाट प्रमाणित गरे भइहाल्यो नि १ गगन थापालाई मात्र किन कांग्रेसलाई लज्जित गराइहाल्नुस् ।’

गृहमन्त्री लामिछानेले राज्यका संयन्त्रहरु प्रयोग गरेर जे-जे प्रमाण लुकाउनुपर्ने हो, लुकाइससकेको उनको दाबी छ । त्यसेले अब कांग्रेसले उनको राजीनामा पनि नमाग्ने भन्दै उनले भने, यति प्रमाण छ कि पुष्टि हुन्छ भन्ने विश्वास छ ।’

अब संसदीय समिति नबनेसम्म संसद नचल्ने थापाले बताए । साथै पेलेर जान खोजे यो विषय संसदमा मात्र सीमित नहुने भन्दै कांग्रेस महामन्त्री थापाले भने, ‘सडकमा आउँछ, त्यसअनुसार सामाना गर्न सरकारले तयार हुनुपर्छ ।’