Breaking

फेरि प्रचण्ड–देउवा मिल्दै, रवि भित्तामा पुग्ने निश्चित, कांग्रेस–एमाले मिल्ने च्याप्टर क्लोज (भिडियोसहित)


काठमाडौँ— सत्ता प्राप्तीका लागि विभिन्न विकल्पमा एकैसाथ अघि बढेको नेपाली कांग्रेस आफैँलाई धोका दिएका पुष्पकमल दाहाल‘प्रचण्ड’ फकाउन अग्रसर भएको छ । जसपाको फुट र एमालेको बेवास्ताले उसका लागि यो नै अन्तिम विकल्प बनेको हो । जसका लागि वर्तमान गठबन्धन फुटाउन सहकारीको मुद्दालाई कांग्रेसले मुख्य अस्त्र बनाएको छ । साथै नेतृत्वमा पुग्ने कांग्रेस सभापति शेरबहादुर देउवाको ईच्छासमेत पूरा हुने देखिँदाकांग्रेसले ताकेको यो बाटो कसरी सम्भव छ त ?
विभिन्न विकल्पका ढोकाहरु बन्द हुन थालेपछि नेपाली कांग्रेस सत्ता फिर्तीका लागि माओवादी नै फकाउने बाटोमा अघि बढेको छ । निर्णायक बनेको उसको अंकगणित र जसपा फुटेपछि गठबन्धन अझ बलियो बन्दा कांग्रेस सभापति शेरबहादुर देउवा यो निष्कर्षमा पुगेका हुन् । फलतः संसदको बजेट अधिवेशनमा सहकारीको रकम हिनामिनामा छानविनको मुद्दालाई जोडतोडका साथ अघि बढाउने बाटोमा कांग्रेस अघि बढेको छ ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्रै बाहिर ल्याउन सके सरकारले बहुमत पु¥याउन सक्ने अवस्था सहज छैन । फलतः अध्यादेशबाटै बजेट आउने अवस्था बनेपछि छानबिन समिति नबनेसम्म संसद चल्न नदिने उसको अडान छ । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठकमासमेत कांग्रेसले यो बटमलाइन स्पष्ट पारिसकेको छ । यता,डा.शेखर कोइरालाले एमाले फकाउन गरेको प्रयत्न सफल हुन सकेको छैन भने एमाले अध्यक्ष केपी शर्मा ओली यही गठबन्धनमा फाइदा देखिरहेका छन् । त्यस्तै माधवकुमार नेपालको प्रधानमन्त्री बन्ने सपनामा तुषारापात भइसकेको छ भने उपेन्द्र यादव पार्टी फुटेर तनावमा छन् । यी सबै परिस्थितिले अब आफैँ अघि सर्नुपर्ने बुझेका देउवाले सहकारी कै मुद्दालाई अघि सार्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो पार्टीको संसदीय दलको बैठकमै सहकारी प्रकरण छानबिनका लागि संसदीय समिति बन्न सक्ने जनाउ दिएका थिए । सर्वदलीय बैठकमै पनि देउवा ओलीले समिति बनाउने÷नबनाउने भन्नेमा आ–आफ्नै अडानमा देखिँदा प्रचण्ड मौन नै बसेका थिए । जहाँ एमाले र रास्वपाले मात्र परिस्थिति धान्न सक्ने अवस्था नभए कांग्रेसतिर ढल्किने विकल्प नै उनका लागि समेत सत्तामा रहने एकमात्र विकल्प रहने छ ।

यता कोशी प्रदेशमा एमाले–माओवादीले सरकार गठबन्धन लागि दवाब बढाएका छन् भने हेरेर बसिरहन नहुनेमा कांग्रेस पुगेको छ । फलतः सवक सिकाउने भन्दा सत्तामा फर्किने बाटोमा पुगेको उसको कदमलाई संकेत गदै एमाले नेताहरुले एमाले कांग्रेस मिल्न गाह्रो रहेको बताँउदै आएका छन् । त्यसो भए देउवा नै प्रधानमन्त्री हुने भन्दै माधवलाई सांकेतिक रुपमा उनीहरुले तर्साउँदा प्रधानमन्त्री हुने भए माधवलाई माहोल मिलाउन भनेका देउवाको सक्रियताले समेत यसलाई संकेत गर्छ । तर त्यसका लागि कम्तिमा गठबन्धन फुटाउनै पर्ने बाध्यतामा कांग्रेस छ । त्यसको एकमात्र अस्त्र सहकारी काण्ड नै हो । यद्यपि नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक भने कांग्रेस गठबन्धन टुटाउन नलागेको बताउँछन् ।ठूलो दलले अरु दलसँग संवाद गर्नु सामान्य भएको बताउने उनी प्रधानमन्त्रीको चिट्ठी प्रचण्डबाहेक अर्कोलाई दिइ नसकेको बताउँछन् ।

हुन त किनाराकृत हुने डरले यही गबठन्धन जोगाउनु प्रचण्डको बाध्यता हो । त्यसैका लागि जसपा फुटाउने, रेशम चौधरीका बुढाबुढी भिडाउने र नेसपा फुटाउने गरेका उनी आफ्नो नेतृत्वको निरन्तरताको ग्यारेन्टी खोजिरहेका छन् । केही दिनअघिसम्म माधवलाई प्रधानमन्त्री बनाउने चर्चाले यसलाई धक्का दिँदाअब त्यो बाटो पनि खुल्लै छ । तर गठबन्धन मात्रै फुटाउन देउवा सफल भएपनि प्रचण्ड सत्तामा रहने बाध्यताले नै पनि टासिने छन् । यो दोहोरो फाइदाको सही उपयोगमा कांग्रेस लागि परेको स्पष्ट हुँदै गएको छ ।