Breaking

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, ८ जना घाइते


काठमाडौँ— ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सिद्धेश्वरी माध्यमिक विद्यालयमा कक्षा ६ मा पढ्ने ९ वर्षीय मानस तामाङ छन् ।

दुर्घटनामा सोही विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । खहरे हुँदै डुम्रिसेको तालखर्कतर्फ जाने क्रममा प्रदेश १–०१–००१ त ९०६९ नम्बरको ट्रयाक्टर सडकबाट करिब १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कमल लुङ्गेलीले जानकारी दिए ।

घाइते सबैलाई जिल्ला अस्पताल पाँचथर लगिएको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।