Breaking

मुख्यमन्त्री कार्कीले गुजारे विश्वासको मत लिने समय


काठमाडौँ – कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने समय गुजारेका छन् ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्कीले विश्वासको मत नलिई ३० दिनको समय गुजारेका हुन् । विश्वासको मत लिने समय गुजारेका मुख्यमन्त्री कार्की राजीनामा पनि नदिने अडानमा छन् ।

२६ चैतमा समर्थन फिर्ता लिएका एमाले माओवादी केन्द्रले अल्पमतमा परेको ३० दिन भित्र विश्वासको मत लिनका लागि ७ वैशाखमा प्रदेशसभाबाट संकल्प प्रस्ताव नै पारित गरेका थिए । संकल्प प्रस्ताव पारित भए पनि मुख्यमन्त्रीले वास्ता गरेनन् । सरकार गठनको अन्तिम विकल्प अनुसार आफू मुख्यमन्त्री भएको दाबी गर्दै कार्कीले विश्वासको मत लिन बाध्य नहुने र राजीनामा पनि नदिने अडानमा बसेका छन्।

मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि स्वत पदमुक्त भएको प्रदेशका प्रतिपक्षी दल एमाले माओवादी केन्द्रको दाबी छ ।