Breaking

भुक्तानी प्रणालीमा दोषी ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद


काठमाडौँ— विशेष अदालतले भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनिल पौडेललाई ९ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले आज उक्त फैसला गरेको हो ।

उनलाई २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ ।