Breaking

कीर्तिपुर बस दुर्घटना : एक जनाको मृत्यु, ३ जनाको उपचार जारी


कीर्तिपुरमा बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने ३ जनाको अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।