समाचार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो । लामिछानेको मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ ।

आजको पेसीमा न्यायाधीशले हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको थियो ।