Breaking

ललितपुरको मोबिल स्टोरको टहरोमा लागेको आगो नियन्त्रणमा

घाइते एकै परिवारका पाँच जनाको उपचार जारी


काठमाडौं । ललितपुर रहेको मोबिल स्टोरको एक टहरोमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ललितपुर महानगरपालिका–१७ स्थित टहरोमा लागेको आगो करिब ४५ मिनेटकै बीचमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । उनीहरुको किस्ट अस्पतालमा उपचार भइरहेको छ ।

डढेको मोबिल एउटा भाँडाबाट अर्को भाँडामा सार्ने बेलामा आगालागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।