Breaking

मोदी सक्न प्रियङ्का गान्धीको कमाण्ड,आरोपले हायलकायल बिजेपी, मोदीको चरित्र उदांगो, जनमत बटुल्दै


काठमाडौँ— तेस्रो कार्यकाल पनि भारतको नेतृत्व गर्ने दौडमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीको सङ्कटका रुपमा प्रियङ्का गान्धी देखिन थालेकी छिन् । निर्वाचनको कमाण्डर बनेकी प्रियङ्का आफू उम्मेदवार नै बत्र छोडेर पार्टीको उम्मेदवारलाई जिताउन लागिपर्दा मोदीलाई सकस परेको छ ।
भारतमा लोकसभा निर्वाचनको सर्गर्मी बढिरहेको बेला विश्वको लोकप्रिय सूचीमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई टक्कर दिन गान्धी परिवारकी प्रियङ्का गान्धी वाड्रा कम्मर कसेर लागि परेकिछिन् ।
काङ्ग्रेस आईकी महासचिवसमेत रहेकी प्रियङ्का गान्धी गत एक दशकदेखि दक्षिण छिमेकी राष्ट्र भारतमा एकछत्र राज गर्दै आएका मोदीको टाउको दुखाईको कारण बन्दैछिन् । सत्ताधारी दल भारतीय जनता पार्टी र वाक्कलामा निपूर्ण मोदीको हरेक भाषणको काउण्टर दिने जिम्मा प्रियङ्काले आफ्नो काँधमा लिएकी छिन् । १० वर्षसम्म मोदी सरकारमा हुँदा युवा बेरोजगार नै रहेको र मोदीको प्राथमिकता कृषि, रोजगार भन्दा पनि विदेश भ्रमणमात्रै रहेको भन्दै तथ्यमा आधारित रहेर प्रियङ्काले मोदी सरकारको आलोचना गर्ने गरेकी छिन् ।

मोदीले राहुल गान्धीलाई निशाना बनाउँदै ‘शहजादा’ अर्थात् राजकुमारको संज्ञा दिँदै गर्दा प्रियङ्काले मोदीलाई ‘शहंशाह’ यानिकी राजाको पनि महाराजा भएको भन्दै त्यसको खण्डन गरेकी छिन् । जनता महङ्गाई बढेर पिल्सिरहँदा मोदी राजदरबारमा बिलासिताको जिवन बिताईरहेको भन्दै मोदीप्रति कटाक्ष गरिरहेकी छिन् ।

राहुल गान्धीभन्दा पनि काङ्ग्रेस महासचिव प्रियङ्काको भाषण र लोकप्रियता देखेर सत्ताधारी दल भाजपा र मोदीको छटपटी बढ्दै गएको भारतीय सञ्चारमाध्यमको दाबी छ । उम्मेदवार बत्र छोडेर काङ्ग्रेसलाई जिताउन भागदौड गरिरहेकी प्रियङ्का पार्टीको अधिकांश चुनावी जनसभामा पुग्ने गरेकी छिन् । सरकार र मोदी विरुद्ध आगो ओकली रहेको प्रियङ्काको समर्थनमा युवाहरूको उपस्थिति पनि बाक्लो देखिने गरेको छ। मोदी मुख्यमन्त्री बनेको गुजरात र बनारसको चुनावी जनसभामा प्रियङ्काको लोकप्रियता देख्न सकिन्छ । ठूलो मानवसागरका कारण सवारी अघि बढ्न कठिनाई हुँदा जनसभाको निर्धारित कार्यक्रम स्थलभन्दा एक किलो मिटर अघि नै कार्यक्रमको सम्बोधन गर्न बाध्य बनिन् ।

प्रियङ्का संसद् चुनावको उम्मेदवारसमेत नबनी निर्वाचनको कमाण्डर बनेर काङ्ग्रेसलाई जिताउन हरसम्भव प्रयार गरिरहेकी छिन् । भारतमा लामो राजनीतिक इतिहास बोकेको गान्धी परिवारको त्यही पुरानो विरासत फर्काउने जिम्मा प्रियङ्काले आफ्नो काँधमा लिँदै गर्दा २५ वर्षदेखि निरन्तर लड्दै आएको निर्वाचन क्षेत्र अमेठीसमेत त्याग गरेको छ । सञ्जीव र सोनिया गान्धी गान्धीलाई एक, दुई पटक राजीव गान्धी र राहुललाई तीन पटक गरि सात पटकसम्म गान्धी परिवारलाई संसद्को टिकट काटिदिएको अमेठीको जिम्मा किशोरीलाल शर्मालाई दिएर प्रियङ्का गान्धी परिवारको त्यही दबदाव र काङ्ग्रेसको झण्डा फह¥याउन कम्मर कसेर लागेकी छिन् । सात चरणमा हुने चुनावमा दुई चरणको चुनाव सकिसकेको र बाँकीका चुनावी दिन पनि नजिकिँदै गर्दा प्रियङ्काले मोदीमाथि निशाना साधिरहेकी छिन् । आफूमाथि प्रियङ्काको निरन्तर प्रहार र देशमा काङ्ग्रेसप्रति बढ्दै गएको माहोलका कारण मोदीलाई सकस हुँदै गएको छ ।