Breaking

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको प्रदेश सभा बैठक स्थगित


काठमाडौँ— सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि दोस्रोपटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएको छ ।

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै आज साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले तत्काल सम्भव नहुने अडान लिएपछि शुक्रबार पनि प्रदेश सभाको बैठक स्थगित गर्दै आज लिने तयारी थियो ।

तर एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल र प्रमुख सचेतक नेतृत्वसँग सल्लाह गर्ने भन्दै काठमाडौं हिडेपछि प्रदेशसभा बैठक अनिश्चितकाललाई सारिएको हो ।