Breaking

रास्वपा सचिवालय बैठक आज, उपनिर्वाचन समीक्षा गर्ने


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज बस्दैछ । पार्टी कार्यालय वनस्थलीमा दिउँसो साढे ४ देखि साढे ६ बजेसम्म बैठक बस्ने सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुनेछ ।
त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।