Breaking

मकवानपुरको थाहा नगरपालिकामा डढेलोले वडा कार्यालयमा क्षति


काठमाडौँ— मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा लागेको डढेलो नियन्त्रणमा आएको छ । डढेलो सल्किँदै जाँदा थाहा नगरपालिका-७ को वडा कार्यालयमा समेत सामान्य क्षति पुर्‍याएको थियो ।

डढेलो स्थानीय र नगरपालिकाको वारुण यन्त्रको मद्दतमा नियन्त्रणमा ल्याइएको हो । समयमै आगलागी नियन्त्रण हुँदा वडा कार्यालय र नजिकै रहेको कुटेश्वरी आधारभूत विद्यालय ठूलो क्षति हुनबाट जोगिएको छ ।