Breaking

नेपालले आज वेस्टइन्डिज ए सँग तेस्रो खेल खेल्दै


काठमाडौँ – घरेलु टोली नेपालले पाँच टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ स् १५ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
५ खेलको सिरिजमा सुरुआती २ खेल सकिँदा १–१ को बराबरीमा छ ।
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रनले पराजित भएको थियो । नेपालले पहिलो खेलमा २०५ रनको लक्ष्य पूरा गर्दा दोस्रो खेलमा १६१ रन भेट्याउन सकेको थिएन ।

पहिलो खेलमा नेपालका रोहित पौडेलले ११२ र दोस्रो खेलमा ७१ रन बनाएका थिए । रोहितबाहेक अन्य ब्याटर भने चल्न सकेका थिएनन् । आजको खेलको प्रदर्शनको आधारमा नेपालले केही खेलाडी टी२० विश्वकपमा छनोट गर्न सक्छ ।