Breaking

गण्डकी सरकार गठनविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज

मुख्यमन्त्री अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुल्यो


गण्डकी सरकार गठनविरुद्ध परेको रिट खारेज भएको छ । सर्वोच्च अदालतको रिट खारेज गरेसँगै मुख्यमन्त्री खगराज अधिकारीलाई सरकार विस्तार र विश्वासको मत लिन बाटो खुलेको छ ।

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारी मुख्यमन्त्री नियुक्त हुँदा सभामुखको समेत मत गणना भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न आदेश माग गर्दै रिट दायर गरेकाथिए ।

आज न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले उक्त रिट खारेज गरेको सर्वोच्च अदालतले जनाएको छ ।।