Breaking

ओली लक्षित नेपालको टिप्पणी : आफू प्रधानमन्त्री बन्छ भनेर केही व्यक्तिलाई पोलेको छ


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरे ।


अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई हामीले धिक्कार छ भन्न चाहेको पनि बताए ।

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जसले जे भने पनि आफूहरुका लागि अनुकुल वातावरण बनाउने कुरामा ध्यान दिने बताए ।

मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय दिलाउन र महिलाहरुको अधिकारलाई दिलाउनका लागि महत्वपूर्ण भुमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस अनुकूलको वातावरण बनाउन पछि नपर्ने बताएकाछन् ।

अध्यक्ष नेपालले ओलीले संसद् विघटन गर्ने काममा गल्ती गरेँ भनेर स्वीकार गर्ने आँट अझै नगरेको भन्दै आलोचना पनि गरे ।