Breaking

इलाम–२ मा एमाले उम्मेदवार नेम्वाङको ५ हजार बढि मतको अग्रता


इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ ।

३५ हजार ६११ मत गणना हुँदा नेम्वाङले १४ हजार ६१३ मत पाएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्काले ९ हजार ३११ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ५ हजार ३०२ रहेको छ ।

त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ८ हजार ५७० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले २ हजार ५७ मत पाएका छन् ।