Breaking

भोजपुरको पारकुवामा बोलेरो दुर्घटना, दुईजनाको मृत्यु


भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा बोलेरो दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

बालङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को. १ ज २६१७ नम्बरको बोलेरो दूधकोशी नदी किनारमा खसेको थियो । दुर्घटनामा आमचोक–१० की २७ वर्षीया रुना राई र ३६ वर्षीया शान्ति राईको मृत्यु भएको हो ।

रुनाको घटनास्थलमा र उपचारका लागि धरान घोपा लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् ।

बोलेरोमा १४ जना सवार थियो । घाइते १२ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।