समाचार

बझाङ उपनिर्वाचनमा एकीकृत समाजवादीको जमानत जफत


बझाङ प्रदेशसभा १ मा सम्पन्न उपनिर्वाचनमा नेकपा एकीकृत समाजवादीको जमानत जफत भएको छ ।

एकीकृत समाजवादीबाट उम्मेदवार बनेका दिल बहादुर सिंहले सदर मतको १० प्रतिशतभन्दा कम मत पाएपछि जमानत जफत भएको हो ।

निर्वाचन आयोगका अनुसार कुल सदर मत २९ हजार ७०५ मध्ये २ हजार ५१४ मत मात्रै पाए । उनले जमानत जोगाउनका लागि २ हजार ९७१ मत ल्याउनुपर्ने हुन्थ्यो ।