Breaking

बझाङ –१ मा एमालेका दमनबहादुर भण्डारी विजयी


बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएकाछन् ।

भण्डारीले कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पछाडी पारे । भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गरे । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेकाछन् ।

यस्तै माओवादीका जनक बुढाको ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत रहेको छ ।