Breaking

बझाङ अपडेट : एमालेका भण्डारी ३४१ मतले अगाडि


काठमाडौँ – बझाङको जारी मतगणना अन्तिम चरणमा पुग्दै गर्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता अझ बढाएका छन्। पछिल्लो मत परिणामअनुसार भण्डारीले ११ हजार १०२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले १० हजार ७६१ मत प्राप्त गरेका छन्। यो भनेको उनीहरूबीच ३४१ मतको अन्तर हो।

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढा तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंह चौथो स्थानमा छन्। बझाङमा अब दुई पालिका तल्कोट र साइपालको मात्र मत गणना हुन बाँकी छ।