Breaking

डकेन्द्रले बढाए मत, साढे २७ हजार मत गन्दा कसको कति भोट ?


काठमाडौँ इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा पहिचानवादीको साथ पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले मत बढाएका छन् । पछिल्लो मत परिणामअनुसार डकेन्द्रले ६ हजार ९०१ मत प्राप्त गरेका छन् ।

यसअघि दोस्रो स्थानमा रहेको कांग्रेसँग फराकिलो मतान्तर रहेपनि डकेन्द्र अहिले कांग्रेसलाई साँघुरो मतान्तर बनाउँदै पछ्याइरहेका हुन् ।

कांग्रेसका उम्मेदवार डम्बर खड्काले ७ हजार ३२४ मत पाएका छन् । यस्तै शीर्ष स्थानमा रहेका एमाले उम्मेदवार सुहाङ नेम्वाङ भने ११ हजार ७८ मत पाएका छन् । चौथो स्थानमा रहेका रास्वपाका मिलन लिम्बुले १५१२ मत पाएका छन् ।