Breaking

बझाङमा एमाले फराकिलो मतान्तरले अगाडी


एमालेले सुरुवाती मतगणनामै बझाङ प्रदेशसभा– १ (१) मा फराकिलो अग्रता बनाएको छ ।

छविसपाथिभेरा गाउँपालिकाका १, २,३ र ४ वडाको मत गनिसक्दा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १३०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ६५६ मतका साथ पछ्याउँदै छन् ।

भण्डारी र सिंहको मतान्तर ६४७ रहेको छ । यस्तै माओवादी केन्द्रका जनक बुढाले ४०२ मत पाउँदा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ३६९ मत प्राप्त गरेका छन् ।