Breaking

उपनिर्वाचन अपडेट : इलाम २ मा कांग्रेसका डम्बर खड्काको सुरुवाती अग्रता


इलाम २ मा उपनिर्वाचनको मतगणना जारी छ । दिउँसो १ बजेदेखि सुरु भएको गणनाको सुरुवाती रुझान सार्वजनिक हुन थालेका छन् ।

अहिले फकफोकथम गाउँपालिका वडा नम्बर १ र २ मा खसेको मत गणना भइरहदा नेपाली कांग्रेसका डम्बर खड्काले सुरुवाती अग्रता लिएकाछन् ।

उनले ६५७ मत ल्याउँदा एमालेका सुहाङ नेम्वाङले ५३४ मत सहित पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १८७ मत सहित तेस्रो स्थानमा रहदा रास्वपाका मिलन लिम्बुले ११५ मत ल्याएकाछन् ।

इलाम नगरपालिका वडा नम्बर ७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना चलिरहेको हो ।