Breaking

बझाङमा मतपेटिका संकलनको काम सकियो, गणनाको तयारी हुदै


काठमाडौँ— उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा मतपेटिका संकलनको काम सकिएको छ ।

साइपाल गाउँपालिका अन्तर्गत पर्ने मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत आइतबार बिहान सदरमुकाम चैनपुर पुर्‍याइएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सबै मतपेटिका संकलन गरेपछि सर्वदलीय बैठक बोलाएको छ । जारी बैठकले मत गणना सम्बन्धी आचारसंहिता बनाउने छ ।

त्यस लगत्तै मत गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।