Breaking

प्रहरीमा गृहमन्त्री रविकै चलखेल, एसएसपी र आइजीपीनै हायलकायल, आफु जोगिन हत्कण्डा अपनाउँदै (भिडियोसहित)


काठमाडौँ— फरक गर्छ भनेर राजनीतिमा आएका रवि लामिछानेमाथि पदमा पुगेपछि पुराना कै बाटोमा हिडेको आक्षेप लाग्न थालेको छ । सहकारीमा उनको नाम जोडिनु,बारम्बार काण्डमा फस्नु र रोजाईमा गृहमन्त्रालय पर्नुमाथि नै प्रश्न छ । जसलाई आफ्नो पक्षमा देखिएको समर्थनका आधारमा वेवास्ता गर्दै आएका उनका कदम समेत अहिले त्यतैतर्फ अघि बढ्न थालेको हो । अर्थात उनी पनि अहिले प्रहरीलाई चलाउन माहिर बनिसकेका छन् ।

विकल्पको राजनीति गर्ने भन्दै सन्चारकर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) खोलेका रवि लामिछानेले पनि सत्तामा पुगेपछि पुरानाकै ढर्रा समात्न थालेकाछन् ।

आफूमाथि तमाम प्रश्न उठेपनि आम नागरिकको समर्थनले हौसिएका उनले नेपाल प्रहरीसंग सम्बन्धित केहि घटनामा चालेको कदम यसको उदाहरण बनेको छ । जसले आफ्ना काण्ड दबाउननै उनी उपप्रधान तथा गृहमन्त्री भएको विपक्षीको आरोपलाई बल पुग्दा प्रहरीमाथि व्यापक चलखेल गरेका हुन् । यसको शुरुवात प्रहरीका केन्द्रीय अनुसन्धान व्यूरो सिआईबीको नेतृत्व परिवर्तन बाट गरेका उनले त्यो ठाँउमा श्यामलाल ज्ञवालीलाई पुर्याए । भर्खरै मन्त्रालयका समालेका उनलाई पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले १ चैतमा सुन तस्करीबारे छानविनको प्रतिवेदन बुझाएको थियो । त्यसलाई आधार बनाएर सिआईबीबाट किरण बज्राचार्यलाई हटाएका रवि ठूला माछा भन्दै कृष्णबहादुर महरालाई पक्राउ गराएर छुटाए भने दिपेश पुन पनि अहिले रिहा भईसकेका छन् । केवल उनको सनककै भरमा महरा पक्राउ परेको यसले प्रष्ट पार्दा उनलाई किन पक्राउ गरियो र छोडियो भन्ने उत्तर दिन नै प्रहरीले सकेन् । बरु यो प्रतिवेदन अझै अध्ययनमै रहेको भन्दै कारबाहीमा जान नसक्दा रविले सहकारी काण्ड छानविनमा जाने डरकै उपज बज्राचार्यलाई सिआईबीबाट हटाएको आक्षेपलाई बल पुर्याएको छ । तर यतिमात्र हैन संसदीय छानविन समिति बनाउन नमानेका उलने संसदीय समितिमा प्रहरी महानिरिक्षक नै उतारेर सहकारीमा आफ्नो कुनै संलग्नता नभएको भनाउन भ्याए । त्यसका लागि गण्डकी प्रदेशका प्रहरी प्रमुख समेतलाई समितिमा झिकाएका उनले आकाशबाट भएपनि धर्तीबाट भएपनि जिवीराई पक्राउ गरेर ल्याउछु भन्ने आफ्नै भनाईलाई बाझ्ने गरि प्रहरीको नेतृत्वलाई वोल्न लगाए ।
सबैभन्दा ठूलो बबण्डर त उनले एसपी बढुवाका बेला गरे । पार्टिभित्रै समेत जान्नेलाई छान्ने भन्दै सहि मान्छे सहि स्थान हुनुपर्छ भन्ने भनाईको वकालत गरेका उनले राजनितिक रंग देखाए । एक नम्बरको डिएसपीलाई बढुवा सिफारिस नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा पारेपछि रविको अश्लितय बाहीरै छताछुल्ल भयो ।

जुन सरुवा बढुवाका लागि नेता गुहार्न नपर्ने रविको चर्को वोलीको विपरित देखिदाँ महानिरिक्षकलाई पेलेर उनी अघि बढेका थिए । उनी यतिमात्र मात्र रोकिएका छैनन् बरु महानिरीक्षक विदेश भएको मौकामा उनले डीआईजी र एसएसपीको सरुवा गर्न भ्याए । जसको घानमा नेपाली कांग्रेसका नेता पूर्वमन्त्री तथा सांसद आफताव आलमलाई जेल पुर्याउने एसपी भूपेन्द्र खत्री समेत परे । जसलाई उनले रविको पासपोर्ट समेत अनुसन्धान गरेको विगतसंग जोडिएको छ । प्रहरीमा सामान्यतः एक वर्षसम्म इञ्चार्जलाई नचलाउने नीति छ । तर, काठमाडौं प्रहरीको हकमा यो अधिकांश समय लागू नभएको ईतिहासकाबीच नयाँ र फरक गर्ने भनेका रविले समेत पुरानैकै बाटो दोहोराएका हुन् ।

यस्तै केहि दिनअघि रविविरुद्ध कमेन्ट गरेकै कारण साईवर व्यूरोले बोलाएको भन्दै एक युवाले ओभर डोज औषधी सेवन गरेरको भिडियो भाईरल बन्यो । जहाँ उनले विष नभई अधिक सिटामोल लिएको तथा महिलाको चरित्रहत्यामा जेल जाने डरले त्यसो गरेको व्यूरोले जनाएको छ । जुन रविलाई आलोचनाबाट बचाउन प्रहरीले देखाएको हतारो भएको प्रष्ट हुदाँ त्यसपछि सत्यतत्थ्यलाई बाहिर ल्याउन प्रहरीले सकेको छैन् । यसले समेत प्रहरी नेताको कठपुतली भएको आक्षेपलाई बल पुर्यादा नयाँ जोगीका बनेका रवि समेत त्यसैको फाइदा उठाउन अभिसप्त रहेको छर्लङ भएको हो ।