Breaking

इलामको भविष्य ढ्वाङमा, डम्बर र सुहाङ ढुक्कै, मिलनलाई दिनभर तनाव, डकेन्द्रको आफ्नै दाबी (भिडियोसहित)


काठमाडौँ— इलाम २ को प्रतिनिधिसभा र बझाङ प्रदेश सभा १ को उपनिर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचन सम्पन्न भएसँगै मतदाता नतिजाको प्रतिक्षामा छन् । देशव्यापी रुपमा नतिजाको पर्खाइ हुदा उम्मेदवारहरु आफु चुनाव जित्नेमा ढुक्क छन र्।

इलाम दुईको प्रतिनिधिसभा र बझाङको प्रदेश सभा १ को उपनिर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । इलाममा मतपेटिका संकलन सम्पन्न हुना साथ सम्भव भए आजैरातिबाट मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ। उता बझाङमा भने आईतबार बाट मात्र गणना सुरु हुनेछ ।
६ पालिकाका ४२ वडामा कायम गरिएका १ सय ४९ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम आइपुग्न साथ सर्वदलिय वैठक बसेर सहमतिपछि मतगणना सुरु हुनेछ । यद्यपी भौगोलिक विकटताका कारण सबै मतपेटिका आजै संकलन नहुन सक्छ । तर मतपेटिका संकलन भएको खण्डमा अबेर रातिबाट भएपनि गणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको इलाममा ५७ प्रतिशत मत खसेको आयोगले जनाएको छ । शीर्ष राजनीतिक दल स्वतन्त्र गरी १९ जना उम्मेदवार रहेको इलाम २ मा कांग्रेस, एमाले, रास्वपा र स्वतन्त्र उम्मेदवार सर्वाधिक चर्चामा छन्।
पूर्व सभामुख एमालेका उपाध्यक्ष एवंम इलाम २ बाट निर्वाचित सुवास चन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको इलाम २ मा सुवासकै छोरा सुहाङ नेम्वाङदेखि नेपाली कांग्रेसका डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम मुख्य प्रतिस्पर्धी मानिएकाछन् ।


रास्वपाका मिलन लिम्बु मतगणना सुरु नगर्दै मतदान गर्न जाँदा चुनाव चिह्नको ब्याज लगाएर भोट हाल्न गएका कारण निर्वाचन आचारसंहिता उल्घंलन गरेको भन्दै विवादमा परेकाछन् । उनलाई कारवाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ।
मतदान केन्द्रमा राजनीति दल वा, उम्मेदवारका प्रतिनिधीले निर्वाचन चिन्ह वा, मत संकेत, भएको पहिरन वा, व्याज लगाउन नहुने भनिएको छ। तर मिलन रास्वपाको लोगो छातिमा टासेर मतदान गर्न पुगेका थिए ।
इलाममा चुनावी नतिजालाई लिएर उम्मेदवारहरुको आ–आफ्नै दावी छ । आफुले चुनाव जित्नेमा उनिहरु विस्वस्त देखिन्छन् ।

प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन भएको बझाङ प्रदेशसभा एक मा ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन । ६१ हजार सात सय ४८ मतदाता रहेको बझाङमा ९३ वटा मतदान केन्द्रमा जम्मा ५० प्रतिशतको हाराहारीमा मत खसेको निर्वाचन आयोगले जनाएको छ । दुवै निर्वाचन केन्द्रमा निर्वाचन आयोगको अपेक्षाभन्दा मत कम खसेको भनेको छ । ढिलोमा सोमवारभित्र चुनावी नजिता सार्वजनिक गरिसक्ने आयोगको तयारी छ ।

इलाम र बझाङको उप निर्वाचनको मत परिणामले राष्ट्रिय राजनीतिमा महत्व राख्ने देखिन्छ । यसलाई अधिकांश दल र उम्मेदवारले प्रतिष्ठाको विषय बनाएकाछन् ।कोशी प्रदेश नामकरणका कारण उछालिएको पहिचानको मुद्धा थप पेचिलो बनिरहेका बेला इलाममा प्राय जसो पहिचान नै मुद्धा बनाएर चुनावमा होमिएका छन । इलामको चुनावी मत परिणाम जित हार मात्र नभई राष्ट्रिय राजनीति समेत मानक बन्ने हुँदा दलहरुको प्रतिष्ठा समेत बनेको छ ।