Breaking

नेपालले वेस्ट इन्डिज ‘ए’सँग आज दोस्रो खेल खेल्दै


काठमाडौँ— नेपालले वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको दोस्रो खेल आज खेल्दैछ । उक्त खेल टीयु क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ ।

शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो । टी-२० विश्वकपको तयारीमा रहेको नेपालले वेस्ट इन्डिज ‘ए’ सँग घरेलु मैदानमा ५ टी-२० खेल खेल्न लागेको हो ।