Breaking

अप्डट : इलाममा ३० प्रतिशत मतदान


काठमाडौँ – इलाम २ को उपनिर्वाचनमा ३० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान १२ बजेसम्म ३० प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा २८ त कुनैमा ३२ प्रतिशतसम्म मत खसेको घिमिरेले बताए ।

उनले भने, ‘अहिलेसम्मको अवस्थालाई हेर्दा करिब ३० प्रतिशतको हाराहारीमा मत खसेको अनुमान गरिएको छ ।’ इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।