Breaking

नेपालले वेस्टइन्डिज ए विरुद्ध फिल्डिङ गर्दै, कमलसिंह ऐरी खेल्दै


काठमाडौँ – नेपालले वेस्टइन्डिज ए सँगको पाँच खेलको टी(२० सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

पहिलो खेलमा नेपालको प्लेइङ ११ मा तीव्र गतिका बलर कमलसिंह ऐरी पनि छन् । विकेटकिपर आशिफ शेखको ठाउँमा अनिल साह खेल्दैछन् । आज मुख्य बलरहरू सोमपाल कामी, करण केसी प्लेइङ ११ मा छैनन् । सन्दीप जोरा पनि बेन्चमा छन् ।