Breaking

हैदराबाद बेंगलोरसँग पराजित


काठमाडौँ – सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ । २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनायो ।

हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाए । अभिषेक शर्मा ३१, ट्रविस हेड १, एडेन माक्ररमम र हेनरिक क्लासेन ७९७ रनमा आउट भए । प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भए ।

बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २र२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनायो । बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाए ।