Breaking

इलाम र बझाङमा ६९ मतदान केन्द्र अतिसंवेदनशील


काठमाडौँ – इलाम र बझाङमा शनिबार हुन लागेको उपनिर्वाचनमा प्रहरीले १ हजार २४ जना जनशक्ति खटाउने भएको छ ।

मतदान केन्द्रलाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन मिलाइएको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए ।

इलाम-२ मा प्रतिनिधिसभा र बझाङ-१ मा प्रदेशसभा सदस्यको उपनिर्वाचन हुन लागेको हो । प्रहरी प्रवक्ता ढकालका अनुसार, इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । त्यसमा संवेदनशीलता अनुसार ती केन्द्रमा १ हजार ३६३ जनशक्ति परिचालन गरिने ढकालले बताए ।