Breaking

उपनिर्वाचनमा जातीयता र धार्मिक कारण सुरक्षा चुनौती हुनसक्छ : प्रहरी


काठमाडौँ – नेपाल प्रहरीले उपनिर्वाचनमा जातीयता र धार्मिक कारण सुरक्षा चुनौती हुनसक्ने विश्लेषण गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनको सुरक्षा तयारीसम्बन्धी पत्रकार सम्मेलनमा बिहीबार प्रहरीले यस्तो विश्लेषण गरेको हो ।इलाम–२ र बझाङ १ को ‘क’ मा वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । निर्वाचनलाई जातीय, धार्मिक, साम्प्रदायिक तथा क्षेत्रीकरण गर्ने कार्य भइरहेको भन्दै यसबाट निर्वाचन प्रभावित हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो कार्य हुन नदिन प्रहरीले विशेष सुरक्षा योजना बनाएको छ ।

इलाममा पहिचान बादीका कारण केही सुरक्षा चुनौती हुन सक्ने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले बताए ।
विगतका निर्वाचनका समयमा बुथ कब्जा गर्ने, पैदल तथा सडकमार्गमा अवरोध गर्ने, डर–धम्की दिने, अफवाह फैलाउने, आचारसंहिताको उल्लंघन गर्ने लगायतका क्रियाकलाप हुँदै आइरहेको छ ।