Breaking

महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जले


काठमाडौँ— महोत्तरीको मठिहानी नगरपालिका– ६ मा भीषण आगलागी भएको छ ।

मदरसा टोलमा आज दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।

आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।