Breaking

इलाम–२ : गगन र रविको गाली भिडन्त, मतदाता रिझाउन भन्दा नेता नङग्याएरै जितको खोजी


काठमाडौँ – आगामी वैशाख १५ गते बझाङको प्रदेशसभा एक र इलाम दुईमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारहरुले चुनाव प्रचार तिव्र बनाएका छन । उपनिर्वाचन लक्षित गर्दै इलाम दुईमा शीर्ष नेताहरुको ओइरो र चुनावी सरगर्मी ह्वात्तै बढ्दा सिंगो देशको ध्यान खिचिएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालको जिल्ला, सत्ता र पार्टी राजनीतिको केन्द्रविन्दुमा रहेका दिवंगत नेता सुवास चन्द्र नेम्वाङको निर्वाचन क्षेत्र हो इलाम दुई । तीन दशक लगातार सुवास नेम्वाङलाई सदनमा पठाएर नेकपा एमालेको लालकिल्ला बनेको यो क्षेत्र पूर्वधार विकासमा भने चरम संकटमा छ । इलाम नगरपालिकाका स्थानीयले अझै आफ्नो प्यास मेट्नेगरी पानी पिउने अवस्था सृजना भएको छैन । इलाम २ का केही गाउँ अझै अध्यारोमै छन् ।

अहिले पनि सो क्षेत्रका नागरिक ग्रागीमा पानी बोक्न बाध्यछन् । कच्ची सडक पुगेको छ तर गाडी गुड्दैन । झापावाट दुर्गापुर हुँदै इलाम जोड्ने द्रुत मार्ग अलपत्र छ । राँके–रवि–भेडेटार सडकको हविगत फेरिएको छैन । अन्य दर्जनौं सडक, पुलपुलेसा, पैनी नहर जस्ता विकासका काम अलपत्र छन् । शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवाहरुबाट अझै यहाँ स्थानीयको सहज पहुँच छैन । यहाँका नागरिकको सास्ती बर्षौ देखि ज्यू का त्यू छ ।

पूर्व सभामुख तथा एमालेका प्रभावशाली नेता सुवास नेम्वाङको निधन पछि अहिले इलाम २ मा उपनिर्वाचनको माहौल तातेको छ।
बैशाख १५ गते हुने उपनिर्वाचनका लागि राजनीतिक दल र उम्मेदवार चुनाव प्रचार प्रसारमा भ्याई नभ्याई छन् । चुनाव प्रचारमा परम्परागत कटुवाल शैलीदेखि प्रविधिको प्रयोग गर्दै एआईको माध्यमबाट समेत चुनाव प्रचार गरिरहेका छन । तर उम्मेदवारहरुको चुनावी प्रचारमा नागरिकका समस्या प्राथमिककतामा पर्न सकेका छैनन्, चुनाव प्रचारमा प्रविधिको प्रयोग होस् या कटुवालको प्रयोग गरेर थप परिस्कृत भएको सन्देश दिएका इलाममा चुनाव प्रचारको पुरानै प्रवृत्ति भने रोकिएन । समर्थक भेला गर्ने र विपक्षीलाई गालीगालौज गरेरै नङग्याउँदै आफ्नो प्रचारले निरन्तरता पाएको छ । यसमा पुराना राजनीतिक दलका नेतादेखि नयाँ भनिएका सबै उम्मेदवारहरु विपक्षीलाई गाली गरे आफ्नो प्रचार गर्न उदत्त छन ।

पुराना दलहरुले केहि नगरेको अब आफ्नै पालामा केहि गरिछाड्ने दावी गर्दै चुनाव होमिएका मिलन लिम्बु पहिले आफै स्वतन्त्र उम्मेदवारी घोषण गरेका थिए । तर अहिले रास्वपाको झण्डामुनी चुनावमा होमिएका उनी दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवारको काम छैन । दलको विकल्प दल नै भएको दावी गर्दै चुनाव प्रचारमा छन । आफ्नो पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा चुर्लम डुवेको अन्देखा गर्दै पुराना दललाई भ्रष्टचारी करार गर्दै चुनाव प्रचारमा छन । प्रतिपक्ष दलले चुनावकै मैदामा क्षेत्री बाहुन भेटिन्छ घाँटी रेटिन्छ भन्दा पनि रास्वपा निरीह अवस्थामा हैन भन्न सक्ने अवस्थामा छैन ।

झन्डै तीन दशक नेकपा एमालेको झण्डा च्याप्दै सुवाङ नेम्वाङको झोला बोकेर थाकेपछि आफ्नो स्वार्थ सिद्ध गर्न पहिचानको मुद्धा बनाएर डकेन्द्र थेगिम चुनावमा होमिएका छन । एकसिटले जितेर चमत्कारनै हुने छाट देखिदैन तर उनै थेगिम पुरानालाई गाली गर्दै आफु सदन छिरे पहिचानको मुद्धामा छलाङ ल्याउने हुँकार गर्दै मतदाताको मन जित्ने प्रयासमा छन् ।

आफ्ना प्रतिस्पर्धी सबै खत्तम आफु सर्वगुण सम्पन्न सिद्ध गर्न सबै लागि परेका छन । अरुलाई खुल्याएर आफ्नो प्रचार गर्दै चुनाव जित्ने दाउमा लागेका छन । चुनाव प्रचारमा इलाम पुगेका शीर्ष नेताहरुले यसलाई थप बढवा दिईरहेका छन ।

रवि ज्ञानेन्द्र गगन देखि काठमाडौबाट इलाम ओर्लिएका सबै नेताहरु अन्य उम्मेदवारलाई खुल्याएर आफ्नो उम्मेदवारको प्रचार गर्न भ्याएका छन । सबैभन्दा पछिल्लो उदाहरण बझाङ प्रदेश एकको उपचुनावमा आफ्नै पार्टीले राजकुमार उम्मेदवार बनाउँदा ताली बजाएका गगन इलाममा सुहाङलाई राजकुमारको संज्ञा दिन भ्याए । पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहलाई उम्मेदवार बनाएको कांग्रेसका महामन्त्री थापा इलाममा सुवास नेम्वाङका छोरा सुहाङमाथी खनिए ।

उम्मेदवारहरुमा एमाले सुहाङ नेम्वाङ अपवाद देखिएका छन । बाबुको विरासत धान्न उम्मेदवार बनाएको चर्को आलोचनाको सामना गरिरहेका सुहाङ आफै भने अन्य उम्मेदवारको आलोचनामा उत्रिएका छैनन् । एमालेका नेताहरुले गरे पनि सुहाङ आफै न त चर्को भाषणवाजी गरिरहेका छन न त गालीगलौज नै । कम बोलेर शान्त ढंगले चुनाव प्रचारमा छन ।