Breaking

एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन आवश्यक छ : प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘नेपाललाई मेडिकल शिक्षाको हबका रुमपा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको जानकारी पनि गराउन चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने ।

देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको पनि उनले बताए । ‘देश भित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन, एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रतिष्ठानको पूर्वाधार विकास तथा अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाइने उनले बताए ।