Breaking

ओलीलाई प्रधानमन्त्री बनाएर गठबन्धन फुटाउने कांग्रेसको रणनीति, गगन–विश्वले मिति नै तोके


वर्तमान सत्ता समिकरणलाई टिकाउने र फुटाउनेहरुको रस्साकस्सी बढेको छ । सत्तारुढ दलहरुमा देखिएको वेमेल,एकीकृत समाजवादीको असन्तुष्टिलाई प्रयोग गरेर कांग्रेस गठबन्धनको आयू नै तोक्न थालेको छ । जसले प्रदेशमा मात्रै क्षती पुग्ने मानेर प्रचण्ड ओली चुप बस्दा गठबन्धन जोगाउन र भत्काउन भईरहेका प्रयास कस्ता छन् त ?

केहि समय सुस्ताएको कांग्रेसलाई नेकपा एकीकृत समाजवादीले प्राण भरिदिएपछि सत्ता गठबन्धनमा हलचल हुँदा राजनीतिक तरंग शुरु भएको छ । वैकल्पिक समिकरणको प्रयास जारी राख्ने माधवकुमार नेपाल र शेरबहादुर देउवाको सहमतीले झस्किएका माओवादी यसको क्षती न्यूनिकरणमा लाग्दा कांग्रेस नेताहरु गठबन्धनको आयू नै तोक्न थालिसकेका छन् । तर यर्थाथतामा भने माधवकुमार नेपालले फरक बाटो समातेपनि केन्द्रमा गठबन्धन ढल्ने अवस्था छैन् ।

जनमत,जसपा,नागरिक उन्मुक्ति पार्टि वैकल्पिक गबठन्धनको आधार तय नभई देउवासंग नआउने पक्का छ भने प्रदेश छोडिदिएर केन्द्रमा क्षती हुन नदिने विकल्प समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसंग छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टिलाई सभापति रवि लामिछानेमाथि उठेको मुद्धामा साथ दिएर फकाउने बाटोमा रहेका उनीहरु हरसम्भव माधवले माखो मार्न नसक्ने प्रमाणित गर्न लागि परेका छन् । यसैको उदाहरण वालुवाटारमा प्रचण्ड ओलीसंग भेटपछि गठबन्धनमा केहि नहुने भन्दै रविले दिएको प्रतिक्रिया एक हो भने एमालेले सत्ता गठबन्धनमा प्रचण्ड र रविप्रति सफ्ट भएर राजनीतिक प्रतिवेदन ल्याएको छ । जति गाली गर्नु छ माधवलाई नै गर्ने ओलीको रणनिति यो प्रतिवेदनमा देखिदाँ महासचिव शंकर पोरखेलले पनि प्रचण्डले राम्रो काम गरे ४ बर्षसम्मै प्रधानमन्त्री दिने भनेर गबठन्धनको भविष्यमा प्रश्नको उत्तर दिए ।

यता पदकै निरन्तरताका लागि ओली रोजेको प्रचण्डलाई यति भए पुग्छ । त्यस्तै कारबाहीबाट बचाएको गुन रविले तिर्ने छन् भने एकीकृत समाजवादीले पनि वार्गेनिङको अश्त्रकै रुपमा कांग्रेसलाई प्रयोग गरे देउवा खाली हात हुने छन् । जहाँ माधवले सुदूरपश्चिम प्रदेशको राजनीतिक संकट टार्न आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने सहमति कार्यान्वयन नहुने अवस्थामा प्रधानमन्त्रीले सकारात्मक भूमिका खेलेको बताँउदै आएका छन् । प्रचण्ड प्रति नरम सुनिएका उनले ‘प्रचण्ड’ले नै सहमतिको अवस्थामा ल्याएको भन्दै उनले धन्यवाद दिनसम्म भ्याएका छन् ।

जसले समाजवादीलाई स्ट्राईकर बनाउने कांग्रेसको बाटो बन्द हुन लागेको त हैन ? शंका नै छ । यो बाहेक रविलाई घेराबन्दी र सहकारीलाई मुख्य एजेण्डा बनाउने बाटो कांग्रेससंग बाँकि छ । सहकारीमा देखिएको अनिमितता र पिडितहरु सडकमा आउने तयारीले गर्दा यो रणनिति केही सफल देखिने आशा भने छ । तर विराजभक्त श्रेष्ठ,सुमना श्रेष्ठ जस्ता मन्त्री भएको तथा डा.स्वर्णिम वाग्ले जस्तो रविको विकल्प तयार भएको अहिलको अवस्थामा रविले चाहदैनमा रास्वपाले सत्ता छाड्ने अवस्था छैन । बरु रविलाई छानविन अघि बढाएर पार्टिले सरकार चलाईराख्ने अवस्था भने बन्न सक्छ । तर कांग्रेस नेताहरु भने यो गठबन्धन आगामी माघसम्म जानसक्ने बताईरहेका छन् ।

हुन त अहिले विकल्प तयार भएपनि देउवाले नेतृत्व पाउने अवस्था छैन । त्यसका लागि माधव तयार रहँदा संसदीय दलको नेता परिवर्तन देखि पार्टिको आन्तरिक राजनीतिसम्मका कारणले इतर पक्ष देउवालाई नेतृत्वमा जान दिने पक्षमा देखिदैन । जसले कांग्रेसले सोचेजस्तो सजिलै सत्तारोहणको अवस्था नहुँदा ओली छोडे किनाराकृत हुनसक्ने प्रचण्डको डरले पनि अर्को भूमिका खेलेको छ । यी सबै कुराले अझ बलियो बन्दै गएको गठबन्धन के का आधारमा फुट्छ भन्ने कांग्रेसको आशा छ ? प्रश्न कांग्रेसमाथि नै छ ।