राजनीति

एकजनाले बोल्दा जिब्रो चिप्लिदा ठुलो समाचार बन्छ : केपी ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साढे पाँच लाख सदस्य भएको एमालेमा कहीँ कतै एकजनाले बोल्दा जिब्रो लटपटियो या चिप्लियो भने एमालेभित्र यस्तो भयो र उस्तो भयो भनेर समाचार बन्ने र हंगामा चल्ने गरेको बताएका छन् ।

नेकपा स्थापनाको ७६ वर्ष लागेको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेका कसैले थोरै कमजोरी गर्दा पनि त्यसले विभिन्न पक्षमा आशा पलाउन थाल्ने बताए ।

उनले एमालेले आफ्नो काँधमा रहेको अभिभारा बुझेको पनि बताए । ओलीले प्रतिबन्धित अवस्थामा पनि एमाले सही बाटो हिँडेको स्मरण गराए ।