Breaking

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा


काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गेट–वे पेमेण्ट सम्बन्धी उपकरण खरिद प्रकरणमा शुक्रबार मात्रै विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पौडेलविरुद्ध आज अख्तियारले पुनः अर्को मुद्दा दायर गरेको हो ।

अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ । आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ । पौडेलविरुद्ध २०८० असोज १५ गते पेमेण्ट गेट–वे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएकोमा त्यसको किनारा लगाउँदै विशेष अदालतले उनलाई दोषी ठहर गरेको थियो ।।