Breaking

सहकारी ठगी प्रकरण सत्ता समीकरणसँग जोडियो : मन्त्री चौधरी


काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारीसम्बन्धी प्रकरण नयाँ सत्ता समीकरणसँग जोडिएर आएको बताएकी छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आइतवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा उनले सो टिप्पणी गरेकी हुन्।

पत्रकारितामा लागेर लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री भएको प्रसंग कोट्याउँदै उनले गृहमन्त्री लामिछानेको विषय अहिले नयाँ सत्ता समीकरणमा पनि जोडिएर आएको बताइन्।

पत्रकारितामा आफूले पनि ६ महिना काम गरेको उल्लेख गर्दै मन्त्री चौधरीले त्यसमा दुःख भए पनि सम्मानित पेशा भएको बताइन्। उनले पत्रकारितालाई सम्मानित बनाउन आफूले नै माहोल बनाउँदै लैजानुपर्ने अवस्था रहेको समेत बताइन्।