अर्थनीति

सेयर बजार दोहोरो अंकमा बढ्यो


काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकमा बढेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा १२.२९ अंकले नेप्से बढेको हो । सो वृद्धिपछि नेप्से १९८४ अंकमा कायम भएको छ । कुल २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो ।

कुल १७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ६ को स्थिर रह्यो ।समग्र बजार बढ्दा बैंकिङ समूहको सूचक भने ३.५६ अंक घट्यो ।

बैंकहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय रिपोर्ट लगानीका हिसावले कमजोर देखिएपछि सो समूहको सूचक आइतबार राताम्मे भएको छ ।