काठमाडौं– तीन दिनमा सक्ने लक्ष्यका साथ असार ७ गतेदेखि सुरु भएको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन पाँचौँ दिन बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । पाँच दिनमा बल्लतल्ल केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न गरेको रास्वपाले पदाधिकारीको निर्वाचन सम्पन्न गर्दासम्म यो समय अझ लम्बिने निश्चित छ । प्रतिनिधि टुंग्याउन ढिलाइ भएको र पदाधिकारीका आकांक्षी धेरै हुँदा सबैलाई मिलाएर लैजाने प्रयासमा पहिले नै तय गरिएको कार्यतालिका भताभुंग भएको छ । जसका कारण रास्वपाको महाधिवेशन भद्रगोल नै बनेको छ । महाधिवेशनको व्यवस्थापकीय पक्ष कमजोर रहेको भन्दै सांसद, प्रतिनिधि र नेताहरू स्वयं असन्तुष्ट बनेका छन् ।
देश सम्हाल्न आएको रास्वपाको महाधिवेशनमा देखिएको गञ्जागोलले पार्टीको संगठनात्मक तयारीमाथि प्रश्न उठाएको छ । तीन करोड नेपालीको व्यवस्थापनको जिम्मा लिएको रास्वपाले महाधिवेशनमा आएका ४ हजार ३११ जना प्रतिनिधिको व्यवस्थापन गर्न सकेन । जसका कारण १३ सयभन्दा बढी प्रतिनिधिले मतदानै नगरी महाधिवेशनबाट ‘बङ्क’ गरे । निर्वाचनमा सहभागी हुन योग्य प्रतिनिधिमध्ये जम्मा २ हजार ९५९ जनाले मात्र मतदान गरेका छन् ।
देश


प्रतिक्रिया