Breaking

गृहमन्त्रीलाई कांग्रेसको चुनौती, चौधरीकै शैलीमा खड्काले थर्काए, नेतामा डर, अब कसको पालो ? (भिडियोसहित)


काठमाडौँ— नेपाली राजनीतिमा सत्तापक्ष र प्रतिपक्ष गुण वा दोषको आधारमा नभई राजनीतिक दाउपेच र सत्ता स्वार्थमा लपेटिँदै आएको छ । संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीचको भिडन्त पछिल्लो ताजा उदाहरण हो । सत्ताको सुखसयलमा रहेको कांग्रेस एकाएक प्रतिपक्षमा पुगेको झोकमा गृहमन्त्रीको पछि हात धोएरै लागेको छ । हुल बाँधेरै आफुमाथी खनिएको कांग्रेसीजनलाई तह लगाउन एकपछि अर्को कांग्रेस नेता रविको निशानामा परिरहेका छन ।

सत्ता र शक्तिको आडमा विगत १५ वर्षदेखि कव्जा गरेर बलमिच्याई गरेका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सांसद दिपक खड्काले हडपेको नेपाल स्काउटको जग्गा तथा कार्यालयमा प्रशासनले विहीबार मध्यराति भोटे ताल्चा मारेर शिल ग¥यो । प्रहरीसहित पुगेको प्रशासनको टोलीले लैनचौर बैंक्वेटसहितका भवनमा तालाबन्दी गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको ठाडो निर्देशनमा नेपाल स्काउटको ३ रोपनी र आसपासको ९ रोपनी जग्गा सहित भौतिक संरचनामा प्रशासनले ताला लागएको हो ।
खेलखुद मन्त्री विराजभक्त श्रेष्ठले आफु खेलकुद मन्त्रालयको नेतृत्वमा पुगेपछि आफ्नो मातहतमा रहेको उक्त जग्गा फिर्ता ल्याउन सबै शक्ति खर्चेर लागे । फलत ः स्काउटको जग्गा फिर्ता ल्याउने विषयलाई आफ्नो प्रतिष्ठा बनाएका श्रेष्ठले आफ्नै पार्टी सभापति रवि लामिछाने गृहमन्त्री भएकाले बेला खड्काले हडपेको जग्गा सरकारी स्वामित्वमा ल्याउन सफल भए ।
स्काउटको जग्गा खाली गर्न अदालतले आदेश दिए पनि सत्ताको बलमा खड्का डगमगाएका थिएनन् । अदालतलाई मसेत अटेर गरेर आफ्नो सम्राज्य खडा गरेका खडकालाई रविले एकै झड्कामा उठाएकाछन् । राज्य शत्ता बन्दा आफुलाई शक्तिशाली करार गरे सार्वजनि सम्पतीमा राहिदाई गरेका खड्काको अहिले भागदौड चलेको छ।


स्काउटको जग्गा र भवन नियन्त्रणमा लिएर खड्काले १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका थिए । दुई बर्ष अगाडि नै स्काउटसँग गरिएको सम्झौता सकिए पनि बक्यौता रकम समेत नतिरी सार्वजनिक जग्गामा रगजग गर्दै आएका कांग्रेस सांसद खड्काले जग्गामा तालाबन्दी गरेको भोलिपल्ट नै शुक्रवार पत्रकार सम्मेलन गर्दै स्काउटको जग्गा नहडपेको दावी गरेका छन । उल्टो सरकारले व्यवसायीहरूमाथि आतंक मच्चाएको आरोप लगाउँदै स्काउटको जग्गामा बनाएको पार्टी प्यालेस लगायत सटरमा ताला लगाएर व्यवसायीहरूलाई आतंकित पारेको भन्दै आफ्नो कर्तुत ढाक छोप गर्ने प्रयास गरेकाछन् ।
आफू खड्काल्याण्ड डेभलपमेण्ट प्रालिमा विगत दुई वर्षदेखि आबद्ध नरहेको भन्दै राजनीतिक प्रतिशोध साध्न राज्य लागेको आरोप समेत उनको छ । सत्ता र शक्तिको आडमा सरकारी सम्पतिमा मोज गर्ने अनि आफै सरकारलाई गाली गर्दै सहानुभूति बटुल्ने खेलमा खड्का उद्यत देखिन्छन । नेपालको एक मात्र डलर अर्वपति विनोद चौधरी बासबारी जग्गा प्रकरणमा डामिएपछि बालेकै भाषालाई खड्काले पनि दोहो¥याएका छन । आफ्नो गल्ती ढाक्न राजनीतिक दृष्टि दिने प्रयास भरपुर भईरहेको छ । बाँसबारी जग्गा प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई डामेको केहि समय नवित्दै स्काउटको जग्गालाई लिएर कांग्रेस सांसद दिपक खड्कालाई भागाभाग बनाएका गृहमन्त्री रवि लामिछाने सरकारी जमिन हड्प्ने ठूला हुन कि साना कसैलाई नछाड्ने उदघोष गर्दै आएकाछन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने नै सहकारी ठग हुन भन्ने भाष्य निर्माण गर्न लाग्दा सुशासन कायम गर्न ठुला भ्रष्टचार प्रकरणको फाइल खोल्ने घोषणा गर्दै आएका गृहमन्त्री लामिछाने थप आक्रमक देखिएका छन । प्रमुख प्रतिपक्ष कांग्रेसकै शक्तिशाली नेताहरु धमाधम फन्दामा पर्नुले शंकाको सुविधा प्रशस्त छ तर गृहप्रशासनको यो कदमलाई सकरात्मक रुपमा हेरिएको छ।